22 May 2024  |   बुधबार, जेष्ठ ९, २०८१

लैङ्गिक समानता र सामाजिक समावेशीकरण तालिम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६  

राजापुर ।

बर्दियाको राजापुर नगरपालिकामा लैङ्गिक समानता र सामाजिक समावेशीकरण तालिम सुरु भएको छ ।

नेपाल बाढि उत्थानशिल परियोजना अन्र्तरगत सामुदायिक विपद् ब्यवस्थापन समितिहरुको लागि शुक्रबारबाट तालिम सुरु भएको हो । आज शनिबारसम्म चल्ने तालिममा राजापुर नगरपालिका, गेरुवा गाउँपालिका र कैलालीको टिकापुर नगरपालिकाका १० वटा समुदायबाट २७ जनाको सहभागिता रहेको छ ।

समुदायमा विपद् तथा जलवायुको जोखिमलाई व्यवस्थापन, न्युनिकरण गर्न लैङ्गिक समानता र सामाजिक समावेशिकरणलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा क्षमता विकासका लागि प्रशिक्षण दिइने छ । तालिमको सहजीकरण निर्मल चौधरी गरिरहेका छन् भने तालिममा सामाजिक विकास तथा अनुसन्धान केन्द्र बाँकेका फिल्ड अधिकृत जनकराम चौधरी र शंकर चौधरीको पनि उपस्थित रहेको छ ।

प्रकाशित मितिः शनिबार, मंसिर २८, २०७६     9:42:08 AM  |