कोहलपुर ।
बाजुराको स्वामीकार्तिक गाउँपालिकाकी एक सुत्केरीलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्दार गरिएको छ ।
२४ वर्षीया निर्मला विकलाई उपचारका लागि बिहीबार नेपालगञ्ज मेडिकल कलेज कोहलपुर ल्याइएको हो ।
सुत्केरी हुने बित्तिकै उच्च रक्तश्राम हुनुका साथै बच्चा बेहोस भएपछि उनीलाई स्थानीय प्रशासनको पहलमा उद्दार गरेर कोहलपुर ल्याइएको थियो ।
आमा र बच्चाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ । दुवैको अवस्था खतरामुक्त रहेको अस्पताल प्रशासनले जनाएको छ ।
प्रकाशित मिति : २०७६ मंसिर २७ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्