सुर्खेत,२३ मंसिर ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल सुर्खेत शाखा गठन गरिएको छ । दलित पत्रकार संघ नेपालका केन्द्रिय सदस्य टेकेन्द्र विश्वकर्माको उपस्थितिमा सोमबार वीरेन्द्रनगरमा दलित पत्रकारहरुको जिल्ला भेला गरि जगतदल जनाला विकको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।
संघको उपाध्यक्षमा संजीव बराल, सचिवमा गोविन्द विश्वकर्मा , सह–सचिवमा निरु विश्वकर्मा , कोषाध्यक्षमा यमुना परियार, सदस्यमा गणेश विक, तिलकराज विक, भिम परियार , चित्र सुनार चयन भएका छन । यस्तै सल्लाहकार समितिमा ललित बसेल र खगेन्द्र सुनारलाई चयन गरिएको छ ।
यस्तै कर्णाली प्रदेश सभा सदस्य तथा संसदीय विकास समिति अध्यक्ष माननीय राजु नेपालीले २४ प्रतिशत दलितले ओगटेको कर्णालीमा खास दलितका मुद्धाहरु बाहिर आउन नसकेको बताइन् । प्रदेश स्तरमा दलित मैत्री कानुन बनाउनका लागि दलित पत्रकार संगठनले पनि थप सल्लाह सुझाव दिनुपर्ने भन्दै उनले आफु त्यही वर्गको माननीयका हैसियतले दलितमैत्री कानुन निर्माण गर्ने प्रतिवद्धता जनाइन् ।









प्रतिक्रिया दिनुहोस्