संयमित रहन आग्रह



कोहलपुर ।

कोहलपुर घटनाले उग्र रुप लिएपछि सबैलाई संयमित रहन बाँकेका राजनितिक दलहरुले सबैलाई आग्रह गरेका छन् । घटनापछि आइतबार बसेको सर्वपक्षिय बैठकले सबै राजनितिक दलका कार्यकर्ता तथा आम सर्वसाधारणलाई संयमित रहन आग्रह गर्ने निर्णय गरेको थियो ।

बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णलाल उपाध्यायको अध्यक्षतामा बसेको सर्वदलिय बैठकले घटनाको घाईतेहरुको उपचारको ब्यवस्था मिलाउन गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय समेत गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले जानकारी दिए । ‘घटनापछि भएको प्रदर्शनको क्रममा क्षतीग्रस्त भएका सवारी साधन तथा धनमालको क्षतीपूर्तिका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत भएको छ’ बैठकको निर्णयबारे जानकारी दिदै उनले भने ।

बैठकमा सहभागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ का सदस्य नरेन्द्र न्यौपानले घटनापश्चात कोहलपुरमा उत्पन्न परिस्थितीलाई मध्यनजर गर्दै सबै राजनितिक दलले आफ्नो क्षेत्रबाट अपिल गर्ने निर्णय भएको बताए । ‘कोहलपुरमा आइतबार बिहानै भएको घटनाले हामीलाई दुखित तुल्याएको छ’ उनले भने, ‘घटनापछिको परिस्थितीलाई मध्यनगर गर्दै सर्वपक्षिय बैठक बसेर विभिन्न निर्णयहरु गरेको छ ।’

निमित्त प्रमुख जिल्ला अधिकारी उपाध्यायको अध्यक्षतामा बसेको सर्वदलिय बैठकमा सहायक प्रजिअ दिर्घराज उपाध्याय, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओली, शसस्त्र प्रहरी बलका शसस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, नेपाली सेनाका सेनानी प्रेम सिंह बोहोरा, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक कमल प्रसाद भट्टराई, नेकपा बाँकेका सचिव अशोक कोईराला, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, कोहलपुर नगरपालिका कार्यवहाक प्रमुख सञ्जु कुमारी चौधरी, नेपाली काँग्रेसका नारायण प्रसाद गौडेल, नेकपा ५ नं. प्रदेश समिति सदस्य नरेन्द्र न्यौपाने, समाजवादी पार्टी बाँके जिल्ला अध्यक्ष कमरुद्धीन राइ, समाजवादी पार्टी नगर अध्यक्ष श्रवण कुमार यादव र नेपाल उद्योण वाणिज्य संघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठको सहभागी रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २३ गते सोमबार