कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ मा रहेको एभरेष्ट कृषि सहकारी संस्थाको १२ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भव्य कार्यक्रमका बीच संस्थाको साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले विकास र समृद्धिको संवाहक सहकारी बन्नु पर्नेमा जोड दिएका थिए । सरकारी निति र नियमको परिधिमा रहेर सहकारीहरु परिर्वतनकारी भूमिकामा हुुनु पर्नेमा उनीहरुको जोड दिएका हुन् ।
पूर्व सिचाई राज्यमन्त्री तथा संविधान सभा सदस्य दल बहादुर सुनारले तीन खम्बे अर्थनितिमा रहेर सहकारी अघि बढ्नुपर्ने बताए । ‘सहकारी विकास र समृद्धिको सहयात्री हो’ उनले भने, ‘बाँके जिल्लाको सहकारी क्षेत्र विस्तार र विकासको संघारमा रहेको भन्दै अझै नितिगत सुधार आवश्यक छ ।’ बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले स्थानीय सरकार र सहकारी क्षेत्र एक अर्काका परिपुरक जस्तै रहेको बताए ।
उनले चालु आर्थिक वर्षमा मात्रै सहकारी क्षेत्रको विकास र प्रवद्र्धनको लागि ७० लाख बजेट विनियोजन गरिएको जानकारी दिए । एभरेष्ट कृषि सहकारी सस्थाको १२ औँ वार्षिक साधारण सभामा चालु आर्थिक वर्षको लागि निति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । आव २०७६÷०७७ का लागि संस्थाले २० बुँदे निति तथा कार्यक्रम तय गरेको छ । संस्थाका अध्यक्ष देव बहादुर खत्रीले कृषि क्षेत्रको विकास, आधुनिकिकरण, उत्पादन र यान्त्रीकरणलाई विषेश जोड दिएको बताए ।
सहकारीमा अहिले ८ सय ३२ जना सेयर सदस्य मध्ये ४ सय ९० महिला र ३ सय ४२ जना रहेका छन् । चालु आवमा १ हजार ५ सय सदस्य पु¥याउने लक्ष्य सहकारीले लिएको छ । साधारणसभाको अवसरमा संस्थालाई सहयोग पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्