कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिका ६ मा रहेको न्यू हरियाली सामुदायिक वनको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका बिच साधारण सभाको प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गरेका थिए । उनले न्यू हरीयाली सामुदायिक वनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने दाबी गरे । ‘प्रदेश सरकारको पाँच करोडको लगानीमा मानसरोवर प्रतिकात्मक स्थल बोर्टेनिकल गार्डेन बनाउने छौंंं’ मन्त्री गिरीले भने, ‘पर्यटन प्रबद्र्धनका लागि यसले आन्तरीक तथा बाह्य पर्यटकहरु बढ्नेछन् ।’
उनका अनुसार पर्यापर्यटनको अवधारण र न्यूहरीयाली सामुदायिक वनको अवधारणलाई जोडेर पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनेछ । ‘आ.व.२०७६÷७७ मा काम मानसरोवर प्रतिकात्मक स्थल बोर्टेनिकल गार्डेन सम्पन्न गर्नका लागि नितिगत कुराहरु पुरा गरिसकेका छौं’ मन्त्री गिरीले भने, ‘गत वर्षहरुमा यो कार्य गर्नका हामीले लागि निति, विधि र कानून निर्माण नभएकोले समस्या व्यहोरेका थियौं ।’
बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले पर्यटन प्रबद्र्धनका लागि बैजनाथ गाउँपालिकाबाट २५ लाख छुट्याएको जानकारी दिइन् । जिल्ला डिभिजन वन कार्यालय बाँकेका अधिकृत मोहन प्रसाद श्रेष्ठले उपभोक्तामार्फत वन संरक्षण गर्ने अभियानले गर्दा वन संरक्षण भएको बताए । ‘जैविक विविधता, जडिवुटी आदिको संरक्षण गरेका छन्’ उनले भने ‘स्थानीय विकास निर्माणको काममा सामुदायिक वनले टेवा पु¥याएको छ ।’ सामुदायिक वनको माध्यामबाट पर्यटन प्रबद्र्धनका लागि ठुलो सहयोग गरेको उनको भनाई थियो ।
न्यू हरियाली सामुदायिक वन उभोक्ता समूहका अध्यक्ष नन्द विश्वकर्माले सामुदायिक वनलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य राखेको जानकारी दिए । ‘यहाँ पर्यटकहरुको लागि होम स्टेहरु सञ्चालन गर्ने तयारीमा छौं’ उनले भने ‘यहाँका स्थानीय रुपमा उत्पादन भएका बस्तुहरुलाई होम स्टेहरुमा प्रयोग गर्नेछौं ।’ बालबालिकादेखि बृद्धबृद्धहरुलाई बस्न, घुम्न र खेल्ने खुल्ला मैदानको पनि रहेको उनको भनाई रहेको थियो । साधारणसभाको अवसरमा वनलाई सहयोग पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्