फरार अभियुक्त पक्राउ



नेपालगञ्ज ।

जिल्ला प्रहरी कार्यालय बाँकेले एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । सोमबार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८, की ३५ वर्षीय गिता कुमारी खड्कालाई पक्राउ गरेको हो ।

उनी लेनदेन मुद्धा लागेपछि लामो समयदेखि फरार थिईन् । खड्कालाई लेनदेन मुद्धामा जिल्ला अदालत बाँकेले ३ महिना कैद सजाय तोकेको थियो । उनलाई सोमबार नै जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १७ गते मंगलबार