UPDATE :कोहलपुरमा खस्यो १४६० मत, मतदान जारी ।।



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ६ मा भईरहेको उपनिर्वाचनमा १४६० मत खसेको छ । बिहान ७ बजेदेखि कोहलपुर ५ मा रहेको सिद्धार्थ आधारभुत विद्यालयमा मतदान भइरहेको छ ।

अहिले बाँकेको कोहलपुर नगरपालिका ६ मा जारी मतदान १४६० मत खसेको हो ।

वडा नम्बर ६ को वडा अध्यक्ष पदको लागि मतदान भइरहेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले अहिले सौहार्दपूर्ण वातावरणमा मतदान जारी रहेको जानकारी दिए ।

१२ बजेतिर केही बेर झडपको स्थिति भएपनि अहिले भने निरन्तर मतदान जारी छ ।

प्रकाशित मिति : २०७६ मंसिर १४ गते शनिबार