जुम्ला ।
जुम्ला सहित कर्णालीमा लागु भएको स्वास्थ्य बिमा सुविधा बापतको औषधि नपाएको भन्दै अदालतमा रिट परेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विरुद्ध उच्च अदालतको जुम्ला ईजालासमा रिट परेको हो । स्वास्थ्य बिमा बापतको औषधि प्रतिष्ठानमा नदिई व्यक्तिका निजि फार्मेसीमा पठाउने गरेको भन्दै जुम्लाकी एक मात्र महिला अधिवक्ता अनिता तिमिल्सिनाले रिट दायर गरेकी हुन् । उनले दायर गरेको रिटमा प्रतिष्ठान सहित स्वास्थ्य बिमा बोर्ड र जिल्ला प्रशासन कार्यालय जुम्लालाई विपक्षी बनाईएको छ । साथै जनसरोकारको विषयमा भएकोले छिटो भन्दा छिटो परमादेशको माग पनि उक्त रिटमा गरिएको हो ।
सरकारले स्वास्थ्य बिमा १ हजार १ सय १८ प्रकारका औषधि उपलब्ध गराउनु पर्ने हुन्छ । तर कर्णाली प्रदेशका सबै जिल्लाबाट उपचारका लागि आउने बिरामी चर्को मुल्य तिरेर निजि फार्मेसीबाट औषधि लिन बाध्य छन् । प्रतिष्ठानमा सिन्डिकेट हावि भईरहेको जिल्लाबासीले गुनासो गरेका छन् । अधिवक्ता तिमिल्सिनाले गरिब, दुःखीको पसिना सँग खेलबाड गरेको भन्दै रिट दायर गरेको बताईन् ।
बिमा अन्तर्गत बिरामीलाई निःशुल्क दिनुपर्ने अधिकांश औषधि निजि फार्मेसीमा पठाउने गरेकाले गलत प्रवृत्तिका विरुद्ध आफूले बोलेको उनको भनाई छ । उनका अनुसार निजी औषधि पसलबाट बिरामीले चर्को मूल्यमा किन्न बाध्य भएको गुनासो सर्वसाधारणको छ । तिमिल्सिनाले गुणस्तरीय औषधि आपूर्तिको व्यवस्था गर्नुपर्ने, बिरामीले औषधि पाए नपाएको अनुगमन गर्नुपर्ने र अनुगमन गरे नगरेको प्रतिवेदन एक साताभित्र अदालतमा पेस गर्न माग गरिएको छ । यस्तै प्रतिष्ठानमा जादाँ सहजै रुपमा सेवा समेत नपाएको स्थानीयहरुको गुनासो रहेको छ ।
स्थानीय राजन नेपालीले आफू बारम्बार प्रतिष्ठानमा स्वास्थ्य बिमा लिएर जादाँ समेत नपाएको उनको भनाई छ । नेपालीले पहुँज वालाको अखडा नै बनेको नेपालीले बताए । उता प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले टेन्डर अनुसार मागेको तर कुनै पनि कम्पनीले सबै औषधि उपलब्ध गराउन नसकेको बताए । माग अनुसारको व्यवस्था गर्ने कम्पनी नभएका कारण समस्या भएको उनको भनाई छ ।
यद्यपी अहिले ६ सय ५६ प्रकारका औषधिको टेन्डर मागेर आपूर्ति सम्झौता हुन लागेको बताईएको छ । यस्तै केही समय मात्र राष्ट्रिय यूवा संघ नेपाल जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनिति गर्ने अखडा, कार्यकर्ता भर्ती केन्द्र भएको भन्दै ज्ञापनपत्र बुझाईएको थियो ।









प्रतिक्रिया दिनुहोस्