कोहलपुर।
पश्चिम नेपालको प्रवेशद्धार बाँकेको कोहलपुरमा होटल रेडिसन सञ्चालनमा आएको छ ।
मंगलबार होटल व्यवसायी संघ कोहलपुरमा अध्यक्ष एकनारायण चापाँगाईले उद्घाटन गरेका हुन् । उद्घाटनको क्रममा बोल्दै चापागाईले गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।
व्यावसायी थपिनु भनेको कोहलपुरको आर्थिक विकासमा हुनु उनको भनाई छ । रेडिसन होटलका सञ्चालक तिर्थ बहादुर बस्नेतले पश्चिम नेपाल आउने पर्यटकलाई लक्षित गरी होटल सञ्चालन ल्याएको बताए । २३ लाखको लगानी सुविधा सम्पन्न होटल सञ्चालनमा आएको हो ।
होटलमा एजेट बाथरुम सहित १६ वटा कोठाहरु रहेका छन् । यस्तै होटलमा जुम्ला जिल्लाको आर्गनिक खाना तथा चाइनिज, इण्डिएन खाना समेत पाइने बताईएको छ ।
प्रकाशित मिति : २०७६ मंसिर ११ गते बुधबार









प्रतिक्रिया दिनुहोस्