धार्मिक तथा शैक्षिक महोत्सव महायज्ञ आजबाट



कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका ४,बानियाबारमा श्री पवित्र धार्मिक तथा शैक्षिक महोत्सव महायज्ञ–२०७६ आजबाट सुरु हुदैछ । वि.पी मेमोरियल माध्यमिक विद्यालयको सर्वाङ्गिण विकासको लागि महायज्ञ सुरु हुन लागेको हो । महोसत्सवको बुधबार ‐आज) एक भव्य समारोहका बीच उद्घाटन गरिदैछ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै विद्यालयमा आईटी कक्षा सञ्चालनको लागि सहयोग जुटाउने उद्देश्यले महयज्ञ आयोजना गर्न लागिएको जनाईएको छ ।

यस्तै धार्मिक तथा शैक्षिक महोत्सव महायज्ञको बाँके क्षेत्र नम्बर ३ ख का सांसद नन्दलाल रोकायले गर्ने कार्यक्रम रहेको बताईएको छ । महायज्ञ प्रचार प्रसार समितिका संयोजक प्रकाश शाहका अनुसार विद्यालयको स्तरोन्नति र आईटी कक्षा सञ्चालन लगायतका कारणले शैक्षिक महोत्सव गर्न लागिएको हो । यस्तै विभिन्न योग, भागवत पूजा, दैनिक रुद्रपाठ पारायण, प्रवचन, दार्शनिक प्रवचन, बालबालिका सस्कार लगायातका कार्यक्रमहरु हुने संयोजक शाहले बताए ।

महोत्सवमा कथा बाचक भागवत मधुकर पण्डित नरेश नेपाल शास्त्री र योगगूरु हिरालाल कडेलद्धारा योग बाचन हुने कार्यक्रम रहेको छ । यस्तै विभिन्न किमिसका दान गर्न गरिने उनको भनाई छ । महायज्ञको क्रममा साँस्कृतिक प्रस्तुति, सांगितिक प्रस्तुति समेत रहेको छ । श्री पवित्र धार्मिक तथा शैक्षिक महोत्सव महायज्ञ–२०७६ मंसिर ११ गते देखि १८ गते सम्म सञ्चालन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ११ गते बुधबार