घाइते अवस्थामा भेटियो अजिङगर



कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका—१ गाभरमा घाइते अवस्थामा अजिङगर भेटिएको छ ।

आइतबार खेतको आलिमा घाइते अवस्थामा अजिङ्गर भेटिएको थियो । घाइते भएको अजिङगरलाई समुुदाय आधारित चोरी सिकारी नियन्त्रण युवा सञ्जालका अध्यक्ष कृष्ण चौधरी लगायतले उद्धार गरेका थिए ।

घाइते अजिङगरलाई उद्धारपछि आफ्नो घरमा ल्याई उपचार गरेको उनले बताए ।

‘पछिल्लो अवस्थामा अजिङगरको लागि बाँके राष्ट्रिय निकुञ्ज जोखिम बनेको छ’ उनले भने, ‘अजिङगर एउटा नेपालको मात्र नभई विश्वमा नै संरक्षितको सूचिमा राखेको छ ।’ विगत २ वर्षदेखि अहिलेसम्म पाँच वटा अजिङगरहरुलाई उपचार गरेर बाँके राष्ट्रिय निकुञ्जमा छाडेको अध्यक्ष चौधरीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १० गते मंगलबार