अन्नपुर्ण सहकारीको साधारणसभा



बाँसगढी ।

बाँसगढीमा रहेको अन्नपुर्ण बचत तथा ऋण सहकारी संस्थाको २२ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा गत आर्थिक वर्ष २०७५÷०७६ सालको वार्षिक प्रगति प्रतिबेदन तथा चालु आवको निति तथा कार्यक्रम संस्थाका सचिव फणिन्द्र प्रसाद ढुङ्गानाले प्रस्तुत गरेका थिए ।

६ करोड ९ लाख ७९ हजार ७ सय ७१ रुपैया ७९ पैसा बराबरको आय व्यय सहितको आर्थिक प्रतिवेदन सस्थाका लेखा संयोजक भक्तिराम अधिकारीले प्रस्तुत गरे । प्रतिवेदन अनुसार २ करोड ८२ लाख २० हजार ३ सय ९१ रुपैयाँ ८४ जम्मा कारोबार गरेकोमा १७ लाख ७२ हजार ६ सय ७ रुपैयाँ २४ पैसा खुद नाफा गर्न सफल भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर ८ गते आइतबार