17 May 2024  |   शनिबार, जेष्ठ ५, २०८१

कोहलपुरमा खुल्यो ‘दाम्पत्य हाउस’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक २९, २०७६  

कोहलपुर ।
बाँकेको कोहलपुर रेडक्रस मार्गमा दाम्पत्य हाउस खुलेको छ । विवाहको माला बनाउने तथा विवाहको गाडी श्रृंगार गर्ने लगायतका सुविधा सहित दाम्पत्य कलेक्सन एण्ड कस्मेटिक कलेक्सन खुलेको हो । बिहीबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए । दाम्पत्य कलेक्नसन नयाँ व्यवसायको रुपमा सुरु भएको भन्दै व्यवसाय स्वागरोजगारको माध्यम भएको प्रमुख रावतले बताए ।

‘महिला व्यवसायीले सुरु गरेको व्यवसाय भएकोले महिला पनि शसक्तिकरणमा तिर लागेको यो संकेत हो’ उनले भने, ‘महिलाहरुको शसक्तिकरणको लागि स्थानीय तहले समेत प्रोत्साहन गर्ने काम गर्छ ।’ संचालक दिपा अर्याल पाण्डेले ३ लाख लगानीमा दाम्पत्य कलेक्सन एण्ड कस्मेटिक कलेक्सन खोलिएको जानकारी दिईन् । उनका अनुसार विहेका सामग्री देखि गाडी श्रंगार गर्ने सम्म सुविधा रहेको बताईन् ।

दाम्पत्यमा ५० रुपैयाँ देखि ५० हजार सम्म सामग्रीको उपलब्धता रहेको उनको भनाई छ । यस्तै पास्नी, वर्थ डे का सामग्री, साईपाती, बनारसी सारी र क्राउन बेल्टको पनि पाईन्छ । उद्घाटन समारोहमा सहभागि ग्राहक कमला पाण्डेले कोहलपुरमा दाम्पत्य कलेक्सन एण्ड कस्मेटिक कलेक्सन खोल्नु खुसीको खबर भएको बताईन् । महिलाहरुलाई विवाह तथा कस्मेटिक सामग्री किन्न अन्यन्त्र जाने बाध्यता हट्ने उनको भनाई रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक २९, २०७६     7:08:50 AM  |