भानु माविको वार्षिकोत्सव



नेपालगञ्ज ।

बाँकेको खजुरामा गाउँपालिका वडा नम्बर ६ स्थित भानु मावि उढरापुरको ५९ आँै वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी ५९ आँै वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न हो ।

कार्यक्रमका प्रमुख आतिथि खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले शिक्षा विकासको आधार भएको बताए । उनका अनुसार खजुराको समृद्धिको लागि शिक्षा विकास नै पहिलो आधार हो । यस्तै पुर्व राज्य मन्त्री दल बहादुर सुनारले राष्ट निर्माणमा शिक्षाको निकै महत्व रहेको बताए ।

कार्यक्रमको विशिष्ट आतिथि समेत रहेका सुनारले अहिलेका बालबालिका भविष्यका कर्णदार भएकोले गुणस्तरीय शिक्षा आवश्यक रहेकोमा जोड दिएका थिए । दिवसको अवसरमा एसईइए परिक्षामा उत्कृष्ट हुन सफल तीन जनालाई पाँच÷पाँच सयका दरले नगद पुरस्कार वितरण गरिएको थियो ।

भने अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ हुने छात्र छात्राहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयकाक प्रधानाध्यापक बृद्धिप्रसाद बञ्जाडेले जानकारी दिए । यस्तै विद्यालयको विकासको लागि सहयोग गर्ने १९ जनालाइ प्रशंसापत्र प्रदान गरिएको उनले बताए ।

कार्यक्रममा शिक्षा ईकाई विकास तथा समन्वय ईकाई बाँकेका प्रमुख राम सुरेश यादव, नेपाली काँग्रेसका नेता किस्मान श्रेष्ठ, भिम वली लगायातले मन्तव्य व्यक्त गरेका थिए ।

५९ आँै वार्षिकोत्सव तथा अभिभावक दिवस स्वागत मन्तव्य शिक्षका पिमा अर्यालले राखेकी थिईन् भने कार्यक्रम सञ्चालक शिक्षक गिता अर्यालले गरेको प्रधानाध्यापक बञ्जाडेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गरिबे शेखको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २९ गते शुक्रबार