रहेनन् यूवा पत्रकार डिलप्रसाद शर्मा



कोहलपुर । 

नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका सदस्य पत्रकार डिलप्रसाद शर्माको निधन भएको छ । बोनम्यारोमा समस्या आई चार महिनादेखि उपचाररत शर्माको बिहीबार बोनम्यारो ट्रान्सप्लान्टका क्रममा काठमाडौँको सिभिल अस्पतालमा २३ वर्षको अल्पआयु मै निधन भएको हो ।

कर्णाली प्रदेश दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नम्बर २, निवासी शर्मा विगत ६ वर्षदेखि पत्रकारिता गर्दै आएका  थिए ।

पछिल्लो समय सुर्खेतको साझा बिसौनी दैनिक र देश सञ्चार अनलाईनमा आबद्ध रहेर सक्रिय पत्रकारिता गरिहेका उनलाई बोनम्यारोमा समस्या देखिएपछि भारत र नेपालका विभिन्न अस्पतालमा उपचार  गरिएको थियो ।

शर्माको निधन प्रति नेपाल पत्रकार महासंघ सुर्खेत शाखा तथा अन्य संचार माध्यमले भावपूर्ण श्रद्धाञ्जली व्यक्त  गरेका छन् । नेपाल पत्रकार महासंघ एक शोक विज्ञप्ति जारी गर्दै शर्माको निधन प्रति गहिरो समबेदना प्रकट गरिएको छ ।

महासंघका महासचिव रमेश बिष्टद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु  र उर्जाशिल यूवा पत्रकार गुमाएको उल्लेख गरेको छ ।

यस्तै नेपाल पत्रकार महासंघ शाखाका सुर्खेतका सचिव सुदिप पुरीद्धारा हस्ताक्षरित शोक विज्ञप्तिमा स्वर्गीय शर्माले ईमान्दारिता र कर्तव्यनिष्ट पत्रकारिता गर्दै समाज रुपान्त्रणमा टेवा पु¥याउदै आएको  उल्लेख छ ।

शाखा सुर्खेतले मोफसल पत्रकारितामा ठूलो क्षती भएको पनि जनाईएको छ ।

भने उनी सम्बद्ध साझा बिसौनी  पब्लिकेशन प्रा.ली.को बिहीबार नै बसेको बैठकले पत्रकार शर्माको निधनप्रति गहिरो दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको एक शोक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ कात्तिक २८ गते बिहीबार