अझै गठन भएन प्रदेश लोक सेवा



सुर्खेत ।

कर्णाली प्रदेश लोक सेवा आयोग अझै गठन हुन सकेको छैन । हिउँदे अधिवेशनसँगै बजेट अधिवेशन पनि सम्पन्न भइसकेर यसै बर्ष प्रदेश लोक सेवा आयोग गठन गर्ने भनियता पनि अझै गठन हुन नसकेको हो । गत चैत २७ गते सम्पन्न हिउँदे अधिवेशनले सवार्धिक महत्व दिएको भएपनि अहिले भने अलपत्र अवस्थामा पुगेको हो । प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७५ पारित भईसकेको छ ।

विधेयक पारित भएको सात महिना बित्नै लाग्दा पनि प्रदेश सरकारले कर्मचारी भर्ना गर्न नसक्दा चालू आर्थिक वर्षको बजेट कार्यान्वयन अप्ठेरो बनेको छ । ‘गतवर्ष कर्मचारी अभावका कारण सरकारले बजेट खर्च गर्न सकेन,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले भने, ‘यो वर्ष पनि लोकसेवाबाट कर्मचारी भर्ना गर्न नसके गतवर्षकै नियती दोहोरिन सुनश्चित रहेको छ ।’ संघीय सरकारले निजामती ऐन नबनाएका कारण प्रदेश सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो नखुलेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् ।

अब संघीय सरकारले ऐन पारित गरेकै बखत प्रदेश सरकार कर्मचारी भर्नाका लागी दरखास्त आहन गर्ने तयारीमा गरेको उनको भनाई छ । मन्त्री केसीले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा त्यति समस्या नआउने दाबी गरिन् । ‘गतवर्षको जस्तो समस्या अब हामीलाई हुनेछैन, कर्णाली इन्जिनियरीङ कम्पनी खोल्ने गरी प्रदेश सरकार अघि बढिसकेको छ,’ उनले भनिन्, ‘सबैभन्दा बढी हामीलाई प्राविधिक कर्मचारीको आवश्यकता हो । त्यसका लागी आफुहरुले करारमा कर्मचारी भर्ना थालेको बताईन । पहिलो चरणमा स्वास्थ्यका कर्मचारी माग गरीए पनि पछि सबै क्षेत्रका कर्मचारी माग गरिने बताइन ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २२ गते शुक्रबार