चेत नारायण पाण्डेय । सुर्खेत
कर्णाली प्रदेशमा रहेको प्रादेशिक संग्राहलयमा पुरातात्विक विभागमा रहेका सामाग्रीहरू ल्याईने भएको छ । विभागसँगको सहकार्यमा कर्णालीका सँस्कृति झल्कने सम्पुर्ण सामग्री ल्याईने भएको हो । विसं २०५७ साल साउन २ गते उद्धघाटन भएर संचालनमा प्रादेशिक संग्राहलय प्रचारको अभावको गुमानाम जस्तै छ । कर्णाली केन्द्र रहेको संग्राहलयलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि सम्पुर्ण सामग्री ल्याईन लागेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विभागमा रहेको कर्णाली सम्बन्धि सम्पुर्ण सामग्री संग्राहलयको लागि ल्याईने कर्णाली प्रदेश सरकारका सामाजिक मन्त्री दल रावलले बताए ।
उनका अनुसार हाम्रो खस भाषा, हाम्रो मौलिक साहित्य र संस्कृति तथा कर्णालीबारे लेखिएका पुस्तकहरू हाम्रो पहिलो प्राथमिकतामा पर्ने छन् । उनले प्रदेश सरकारको लगानीमा स्थापना हुन लागेको प्रादेशिक पुस्तकालयमा राखिने पुस्तकहरू कर्णालीको बारेमा जानकारी दिने खालका हुने बताए । ‘केन्द्रीय पुस्तकालयसँग समन्वय गरेर सामग्री ल्याईनेछ’ उनले भने, ‘कर्णाली अध्ययनको केन्द्र बनाईनेछ ।’ संग्रहालयमा ऐतिहासिक काँक्रेबिहारबाट प्राप्त पुरातात्विक वस्तुहरू, कलात्मक प्रस्तर मूर्तिहरू, फलामका प्राचिन हुकहरू राखिएका छन् । प्राचीन माटाका भाँडाहरू, जुम्लाबाट प्राप्त माटोका चराचहरू, हिमाली भेगका लामाहरूको संस्कृति झल्काउने भेषभुषा, भाँडा वर्तन, परम्परागत तोरी पेल्ने काठको कोल, काठमो मदुस, ढिकी, जाँतो, प्राचीन पानी घडी, थांका, माझी जातिसँग सम्वन्धित माछा मार्ने जाल, सुन चाल्न प्रयोग हुने काठका सामग्रीहरू पनि त्यहाँ प्रदर्शनी राखिएका छन् ।
साबिकको भेरी, कर्णाली र राप्ती अञ्चलका कला, साहित्य, संस्कृति जगेर्ना गर्नको लागि उक्त क्षेत्रीय संग्राहलयको रुपमा स्थापना गरीएको थियो । संग्राहलयमा संकलित सामग्रीहरू अहिलेको पाँच नम्बर प्रदेशमा पर्ने बाँके, बर्दिया, रुकुम पूर्वका समेत रहेका छन् । तर देश नयाँ संरचनामा गएसँगै भएको परिवर्तनमा अब संग्राहलयमा कर्णाली प्रदेशका सबै जिल्लाका कला साहित्य, संस्कार, परम्पराले प्राथमिकता पाउने भएका छन् । प्रदेश सरकार मातहत आइसकेको संग्राहलयमा अब कर्णालीको वास्तविक चित्र प्रष्ट देख्न सकिने भएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा संग्राहलय व्यवस्थापानका लागि एक करोड बजेट रुपैयाँ विनियोजन गरेको छ ।
संग्राहलयको रंगरोगन गरिएको र एक सानो भवन बनाइएको नि. प्रमुख डबल प्रसाद शर्माले बताए । ‘२०७६ जेठमा हामीलाई काम गर्न पूर्ण अख्तियारी आएकोमा समय अभावका कारण हामीले सबै काम गर्न नसकेको उनको भनाई छ । १३ जनाको दरबन्दी स्वीकृत गरेको प्रदेश सरकारले हालसम्म सबै कर्मचारी पठाउन नसक्दा गर्नैपर्ने कतिपय काम अघि बढाउन कार्यालयलाई समस्या भएको छ । हाल कार्यालयमा एक जना अधिकृत, दुई जना ग्यालरी गार्ड, कम्फू एक जना र दुई जना कार्यालय सहयोगी रहेका छन् । गेटमा टिकट काट्ने जिम्मा खरिदार तहका कर्मचारीको भएपनि कार्यालय सहयोगीको भरमा टिकट काटिँदै आएको छ ।









प्रतिक्रिया दिनुहोस्