चेत नारायण पाण्डेय । सुर्खेत ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सामुदायिक नर्स कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मन्त्रालयले कर्णालीका स्वास्थ्य संस्थाविहीन समुदाय तथा विद्यालयहरुमा परिचालन हुने गरी नर्सिङ कार्यक्रम ल्याएको हो । मन्त्रालय अन्र्तगतको स्वास्थ्य महाशाखाले पहिलो पटकका लागि स्टाफ नर्स ५९ र अनमी १४२ गरी कुल २०१ जनालाई परिचालन गर्नेछ ।
स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले स्वयंसेवक परिचालन कार्यविधि अनुसार मंसिरदेखि सामुदायिक नर्सिङ कार्यक्रम सञ्चालन गरिने बताए । उनका अनुसार स्वयंसेवकहरु छनोट गर्ने क्रममा शैक्षिक योग्यता, अनुभव तथा स्थानीयवासीलाई प्राथमिकतामा राखिने छ ।
महाशाखा प्रमुख शाहीले यसका लागी जनशक्ति माग गरी सकिएको जानकारी दिए । कार्यक्रमका लागि मन्त्रालयले चालू आर्थिक वर्षमा रू. ६ करोड बजेट विनियोजन गरेको छ ।
प्रदेश सरकारबाट खटिएका नर्सिङ स्टाफले सम्बन्धित वडा कार्यालयको निर्देशनमा आवश्यकता अनुसार समुदायका साथै विद्यालयमा पनि खटिएर काम गर्नुपर्नेछ ।










प्रतिक्रिया दिनुहोस्