कोहलपुर ।
बाँकेको कोहलपुरमा समेत राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाइएको छ । शनिबार कोहलपुर आयुर्वेद औषधालयको आयोजनामा धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाईएको हो ।
कोहलपुर आयुर्वेद औषधालयका प्रमुख उदिप श्रेष्ठका अनुसार आयुर्वेद चिकित्सा सुरु गर्ने व्यक्तिका रुपमा धन्वन्तरीको सम्झना स्वरुप हरेक वर्ष राष्ट्रिय आरोग्य दिवसका दिन धन्वन्तरी जयन्ती मनाउने गरिन्छ ।
कोहलपुर नगरपालिका सामाजिक विकास शाखा संयोजक नारायणी वलीको अध्यक्षतामा आयोजित कार्यक्रमका सहभागीहरुले धन्वन्तरी दिवसलाई नेपाल सरकारले राष्ट्रिय दिवसका रुपमा मनाउनुपर्नेमा जोड दिएका थिए ।
कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले कोहलपुर आयुर्वेद औषधालयलाई थप ब्यवस्थित गरी प्रभावकारी सेवा प्रवाह गरीने दाबी गरे ।
प्रकाशित मिति : २०७६ कात्तिक १० गते आइतबार
प्रतिक्रिया दिनुहोस्