जमुनाहा नाकाबाट लागूऔषध ब्राउनसुगरसहित कोहलपुरका दुई युवा पक्राउ



मोटरसाइकलको लुकिङ ग्लासको रबरभित्र राखेर ल्याउदै गरेको २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित कोहलपुरका केशव चौधरी र बर्दिया बाँसगढीका प्रवीण खत्री पक्राउ परेका हुन् ।

ब्राउनसुगर किनेर फर्किदा नाकामा खटिएको लागु नियन्त्रण ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । चेकबुक साथमा लिएर हिडेका उनीहरुले ‘आवश्यक’ पैसा झिकेर सीमावर्ती बजार रुपैडिहा पुगेका थिए। चौधरी र खत्रीले सात हजार रुपैयामा ब्राउनसुगर किनेर ल्याएको बताएका छन्।

युवाद्वय ब्राउनसुगरको कारोबारी भएको ब्यूरोको टोलीले आशंका गरेको छ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक ९ गते शनिबार