19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

वृद्धको हत्या गरेर फरार रहेका युवा पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६  

विराटनगर / अढाई वर्षअघि वृद्धको हत्या गरेर फरार बनेका मोरङको रंगेली नगरपालिका–९ दर्वेसाका १९ वर्षीय भरतलाल राजवंशीलाई प्रहरीले मंगलबारराति पक्राउ गरेको छ । २०७४ साल असार ११ गते बन्चरो प्रहार गरेर स्थानीय ६४ वर्षीय पहाडचन राजवंशीको हत्या भएको थियो ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी शेखर कोइरालाले घटनापछि फरार रहेका भरतलाई गाउँमै फर्किएर लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जानकारी दिए ।

बाटो ढुकेर भरतले बन्चरो प्रहार गर्दै वृद्धको हत्या गरेको उनको भनाइ छ । हत्यापछि झाडीमा बन्चरो फ्यालेर फरार भएका उनलाई लामो समयपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले फ्यालेको ठाउँमा बन्चरो खोजी गरे पनि फेला पार्न सकेन ।

प्रहरीकाअनुसार हत्या अघि वृद्धलाई बोक्साृको आरोप लगाएर स्थानीय बासिन्दाले पनि यातना दिएका थिए । बोक्साको आरोप लगाउँदै गाउँबाट विस्थापित गराइएका उनको स्थानीय प्रशासन र संघ संस्थाको पहलमा पुनस्थापना भएको केही समयमै हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान थालिएको बताएको छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६     3:22:16 PM  |