16 July 2024  |   मङ्लबार, साउन १, २०८१

कोहलपुरमा आगलागी, आगलागीबाट करिब ३ लाख ५० हजार वढिको क्षति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६  

कोहलपुर ।

कोहलपुर नगरपालीकास्थित एक घर आगोले ध्वस्त भएको छ । कोहलपुर वडा नं. ११ लोकनगरको श्रृजना टोल स्थित सुरेन्द्र विक्रम सिंह ठकुरीको घरमा आगलागि हुँदा करिब ३ लाख ५० हजार वढिको क्षति भएको छ ।

लामखुट्टे मार्न प्रयोग गरेको धुपका कारण आगलागि भएको खुल्न आएको छ । आगलागिबाट घरको एक कोठामा रहेका लत्ताकपडा, सोफा, टिभि र खाट लगायतका सामाग्रिहरु जलेर नष्ट भएको छ ।

लामखुट्टे मार्न प्रयोग गरेको धुपबाट आगो फैलिएर कोठामा आगलागि भएको इलाका प्रहरी कार्यालय कोहलपुरका सई सुरेन्द्र पन्तले बताए । विहिवार साँझ करिब सात बजेतीर आगलागि भएको थियो । स्थानियहरुको सहयोगमा आगलागि नियन्त्रणमा लिइए थियो । आगलागीबाट मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६     2:57:44 PM  |