16 July 2024  |   मङ्लबार, साउन १, २०८१

चुट्का प्रतिष्ठान बर्दियाको अध्यक्षमा पौडेल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६  

रावन बिश्वकर्मा, बाँसगढी, बर्दिया ।

राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल बर्दिया जिल्ला समिति गठन गरिएको छ । प्रतिष्ठानकोे बिहीबार बाँसगढीमा भएको प्रथम अधिबेशनबाट नरहरी पौडेलको अध्यक्षतामा १४ सदस्य राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल बर्दिया जिल्ला समिति सर्वसम्मत चयन गरिएको हो । प्रतिष्ठानको उपाध्यक्षमा शोभाकर लामिछाने, महिला उपाध्यक्षमा जुना खड्का, सचिवमा युवराज अधिकारी, कोषाध्यक्षमा गोबिन्द तिमिल्सिना रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कासीराम पौडेल, पुष्पा चौधरी, अर्जुन चापागाँई, नन्दलाल घिमिरे, शिव गिरी, पशुपती पोख्रेल, मनोहर पौडेल लगायत रहेका छन् । प्रतिष्ठानको बर्दिया जिल्लाका ८ वटै स्थानिय तहहरुलाई समेटेर २५ सदस्य बनाउने जनाईएको छ । २०७५ फागुनमा बाबुराम पंगेनीको अध्यक्षमा १३ सदस्य राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल बर्दिया जिल्ला तदर्थ समिति गठन भएको थियो ।

भजन कृतन समुह संगठन भएर आफ्नो संस्कार संस्कृतिलाई जोगाउन र भावी पुस्तान्तरण गर्ने उद्देश्यले समिति गठन गरिएको थियो । केन्द्रिय बरिष्ठ उपाध्यक्ष नारायण प्रसाद खनालको प्रमुख आथित्यमा भएको अधिबेशनको उद्घाटन सत्रमा प्रदेश नं.५ का अध्यक्ष नारायण प्रसाद भुषाल, कासीराम पोख्रेल लगायतका स्थानिय लोक भजन समुहका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । तदर्थ समितिका अध्यक्ष बाबुराम पंगेनीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन समितिका सहसचिव बलराम देवकोटाले गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक ८, २०७६     9:01:31 AM  |