वडा स्तरीय फुटबल प्रतियोगिता सुरु



कोहलपुर।

बाँकेको कोहलपुर नगरपालिका३,विकासनगरमा वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । कञ्चनगंगा भिजन युवा क्लबको आयोजनामा वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभाका सांसद महेश्वर गहतराज ‘अथक’ ले उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन गर्दै सांसद गहतराजले खेलकूद क्षेत्रको माध्यमबाट प्रतिभा पहिचान गर्न सकिने बताए । उनका अनुसार अनुशासित र सभ्य रुपमा सबैलाई आफ्नो खेल कौशल प्रदर्शन गर्न आग्रह गरिएको छ । खेल क्षेत्रको विकासको लागि प्रतियोगिताको आयोजना गरिएको आयोजककञ्चनगंगा भिजन युवा क्लब पल्टनल बुढाले बताए । उनका अनुसार प्रथम पुरस्कार नगद् ३५ हजार द्धितृय पुरस्कार १५ हजार, प्रमाण पत्र र मेडल रहेको छ ।

प्रतियोगिताको लागि होटल सेन्टर प्लाजा, सेवा होम प्रा.ली.ले सहयोग गरेका छन् । भने वडा नम्बर ३ तीनको विशेष सहयोग रहेको छ । प्रतियोगितामा आठ वठा टिमको सहभागिता रहेको छ । फुटबल प्रतियोगिता कात्तिक ८ गते सम्म संचालन हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक ५ गते मंगलबार