कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा वडा नम्बर ६ मा रहेको रिक्त, रहेको वडा अध्यक्षको लागि तीन वटा पार्टीले उम्मेदवार सिफरिस गरेका छन् । वडा अध्यक्षको लागि अहिले सम्म तीन वटा पार्टीले आफ्नो पार्टीको तर्फबाट उम्मेदवार सिफारिस गरेका हुन् । आगामी मंसिर १४ गते हुन गईरहेको उप निर्वाचनमा कोहलपुरको वडा नम्बर ६ मा निर्वाचन हुँदै छ । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्नो आफ्नो पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार सिफारिस गरेको छ ।
सोमबार बसेको पार्टीको वडा कमिटिको बैठकबाट वडाका सभिव समेत रहेका रामशसरण थारुलाई सिफारिस गरिएको हो ।बैठकबाट सर्बसहमतिमा पार्टीको आधिकारिक उम्मेदवार छनोट गरिएको नगर अध्यक्ष बसन्ती अधिकारीले जानकारी दिईन् । यस अघि नेपाली काँग्रेसले समेत आफ्नो पार्टीको उम्मेदवार सिफरिस गरिसकेको छ । काँग्रेसले गत असोज ३० गते बसेको बैठकबाट उम्मेवार रिफारिस गरेको थियो ।
भने वडा अध्यक्ष पदको लागि राष्टिय प्रजातन्त्र पार्टी कोहलपुर कमिटिले समेत आफ्नो उम्मेदवार सिफरिस गरिसकेको छ ।२०७४ मा भएको स्थानीय तहको निर्वाचनबाट वडा अध्यक्ष बनेका रामसोहन थारुको २०७५ मंसिर ९ गते निधन भएको थियो । उनले नेपाली काँग्रेसको तर्फबाट चुनाव जितेका थिए । कोहलपुर नगरपालिकाको वडा नम्बर ६ अहिले कार्यबाहक अध्यक्षको भरमा चल्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्