श्यामलाल पोखरेल बुटवल ।
राष्ट्रिय जागरण परिषद् नेपाल रुपन्देहीका संयोजक चित्रबहादुर थापाको घरमा आगलाागी भएको छ । बुटवल ११ तीनाउ किनारको टप मजुवाको बस्तिमा रहेको घरको कोठामा सिलण्डर लिग हुँदा आगलागी भएको हो । आगोलागी हुँंदा घरमा रहेका भांडा, कपडा, १ बोरा चाकल, तेल, मिटर बक्स, टिनको छानो, पंखा, साईकलहरु र प्लङ जलेर नष्ट भएको भएको छ । आगोलागीबाट करिब २ लाख बराबरको समान जलेर नष्ट भएको छ थापाले बताए ।
बुटवलका बिभिन्न हाटबजारहरुमा ठेलामा नास्ता पसल गर्दै आएका थापाले नास्ता पसलका सबै समानहरु पनि जलेर नष्ट भएको जानकारी दिएका छन् । घरको कोठामा आगो लागेपछि छिमेकीको सहयोगमा थापाको परिवारले दैनिकी चलाएका छन् ।
उनको परिवारको नै बिचल्ली भएको छ । थापाको परिवारलाई नेकपा, नेपाली कांगे्रसलगायतका विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुले क्षतीपूर्ती उपलब्ध गराउन आवश्यक सहयोग गर्ने प्रतिबद्वता जनाएका छन् ।सुकुम्बासी बस्तिमा सामान्य टिनको टहरो मुनी बसेर बसेर जीवन निर्वाह गर्दै आउका थापाको घरमा गत शुक्रबार दिउंसो आगोलागी भएको थियो ।पूर्व दाङ हापुर निबासी चित्रबहादुर थापा लामो समयदेखि मजदुरी पेसा गरेर कम्युनिष्ट आन्दोलनमा सक्रिय हुंदै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्