18 July 2024  |   शुक्रबार, साउन ४, २०८१

हातहतियार र विष्फोटक पदार्थसहित विप्लव माओवादीका २१ कार्यकर्ता दाङबाट पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज ३०, २०७६  

दाङ ।

दाङबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ कार्यकर्ता पक्राउ परेका छन् । उनीहरूलाई गएराति २ बजेतीर दाङ जिल्लाको नेपाल-भारत सिमामा पर्ने राजपुर गाउँपालिकाको वडा नम्बर ४ मा रहेको जंगलबाट पक्राउ गरिएको दाङ प्रहरीका प्रवक्ता विनोदविक्रम शाहले सेतोपाटीलाई बताएका छन् ।

पक्राउ परेकाहरूबाट उल्लेख्य परिमाणमा हातहतियार तथा विस्फोटक पदार्थ फेला परेको प्रहरीको भनाइ छ ।

प्रवक्ता शाहका अनुसार पक्राउ परेकाहरूलाई सदरमुकाम ल्याइदैं छ। पक्राउ परेकाहरू सो पार्टीका कुन तहका कार्यकर्ता हुन भन्नेबारेमा अनुसन्धान जारी रहेको उनले बताए। #Setopati.com

प्रकाशित मितिः बिहिबार, अशोज ३०, २०७६     10:10:00 AM  |