दाङ ।
मृत्यु भएका बुवाको पार्थिव शरीरमा छोरीले दागबत्ती दिएकी छिन् । दाङको लमही नगरपालिका वडा नं. ७ बनघुस्री निवासी ५२ बर्षीय दिवंगत भिमबहादुर थापाकी छोरी निर्मलाले मंगलबार दागवत्ती दिएकी हुन् ।
हिन्दु संस्कार अनुसार छोराले दागवत्ती दिने मान्यता रहेपनि छोरीले दागवत्ति दिएर नयाँ संस्कारको शुरुवात गरेकी थिइन् । मृतक थापाका छोरा डिल्लीबहादुर थापा (रमेश) अमेरिकामा बस्दै आएका छन् ।
आफ्नो बुवाको अन्तिम संस्कारमा उनी सहभागी हुन सकेका थिइनन् । थापाको शवंमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा प्रदेश सभा सदस्य ईन्द्रजीत थारु, प्रदेश किमिटी सदस्य तथा प्रदेश सभा सदस्य रेवतीरमण शर्मा, लमही नगरपालिकाका नगर प्रमुख तथा नेकपाका नगर अध्यक्ष कुलबहादुर केसीले दिवंगत थापाको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाउदै सम्मान व्यक्त गरेका थिए ।
सोमबार दिउसो थापा आफ्नै घर नजिकको रुखबाट घाँस काट्ने क्रममा लडेर घाइते भएका थिए । उनको उपचारको क्रममा निधन भएको पारीवारीक स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्