15 July 2024  |   सोमवार, असार ३२, २०८१

बैजनाथमा लेखाजोखा केन्द्र स्थापना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज २९, २०७६  

कोहलपुर ।
अपाङ्गता भएका वालवालिकालाई शिक्षामा पहुँच पु¥याउनका लागि लेखाजोखा केन्द्र स्थापना गरि सामान हस्तान्तरण गरिएको छ । डेक नेपाल बाँकेले मगंलबार बाँकेको बैजनाथ गाउँपालिकामा लेखाजोखा केन्द्र स्थापना गरि सामान हस्तान्तरण गरेको हो ।

केन्द्र स्थापना गरि सामान बुझ्दै गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले लेखाजोखा केन्द्र नियमितता भएमा सार्थकता हुने भन्दै सामानहरुको सदुपयोग गरिने प्रतिबद्वता जनाए ।

उनले कार्यपालिकाले केन्द्रका लागि आगामी दिनमा योजना बनाउने, बजेट विनियोजन गरेर निरन्तरता दिने बताए । आगामी दिनमा लेखाजोखा केन्द्रलाइ अझै प्रभावकारी बनाउन छुट्टै कर्मचारिको व्यवस्था गर्न सकिने उनको भनाई रहेको थियो ।

गाउँपालिकाका सुचना अधिकारी तप्तराज आचार्यले लेखाजोखा केन्द्र अन्तरगत पालिकालाई हस्तान्तरण गरिएको सामाग्रीहरुको उचित प्रयोग गरिने जनाए ।

शिक्षा शाखा अधिकृत विश्वराज ढकालले लेखाजोखा केन्द्रलाइ तत्कालको लागि पालिकाका कर्मचारी परिचालन भइ कार्यन्वयन गर्ने जनाए ।

उनले उचित रेखदेख गरि लेखाजोखा केन्द्रलाइ अपाङ्गमैत्री बनाउने बताए । सामाग्री हस्तान्तरण गदैै डेक नेपालका कार्यक्रम प्रबन्धक जिवन गिरीले अपांगता बालबालिकाको तथ्यांक संकलन, उनीहरुलाई शिक्षा प्रदान गर्ने सवालमा लेखाजोखा केन्द्र प्रभावकारी हुने दाबी गरे ।

सोही कार्यक्रमका बीच संस्थाले लेखाजोखा केन्द्र सञ्चालनका लागि २ लाख ७० हजार मुल्य बराबरको उपकरण तथा फर्निचर हस्तान्तरण गरेको छ ।

हस्तान्तरण गरिएको सामाग्रीहरुमा कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, युपिएस, मल्टीप्लक, स्टेशनरी, टेबल, कुर्सी, दराज लगायतका सामाग्रिहरु रहेका छन् ।

यस अघि कोहलपुर र खजुरामा पनि किशोरी शशक्तीकरणका लागि शिक्षा कार्यक्रम अन्तरगत लेखाजोखा केन्द्र स्थापना गरि सामाग्री हस्तान्तरण गरिएको छ ।

प्रकाशित मितिः बुधबार, अशोज २९, २०७६     11:54:12 AM  |