मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ ५, २०७५
कोहलपुर,५ जेठ/ बाँकेको कोहलपुर १० निवासी ज्ञानकुमार बोहोराको परिवारलाई नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीले मृत्युदावी भुक्तानी गरेको छ ।
सवारी दुर्घटनामा मृत्यु भएका बोहोराका छोरा समिपलाई जेठ २ गते बिहान उनकै निवासमा संचारकर्मी तथा शैक्षिक अगुवा बिनोद भट्टराईको हातबाट रु तीन लाखको चेक भुक्तानी गरिएको थियो ।
चेक हस्तान्तरण गर्दै भट्टराइले यो भुक्तानीले समाजमा वीमा प्रतिको भरोसालाई बढाएको बताए । कम्पनीका लिडरहरु शंकर लामिछाने, तुल्सी थापा, अमृत आचार्य, विनिता बोगटीको रोहवरमा सो भुक्तानी दिइएको थियो ।
उक्त अवसरमा मृतककी पत्नी, बुवा लगायत समाजसेवी ओमकला काफ्लेको पनि उपस्थिति थियो । समिप बोहोराको बाँकी शुल्क पूरै मिनाहा हुने र उनले अरु दुई किस्तामा करिब ६ लाख रुपैयाँ पाउने कुरा तुल्सी थापाले जानकारी गराइन् ।