उपभोक्ता मैत्री बनौँ



दसैँको चटारो सकिएको छ , एक वर्षको लागि । तिहार र छठ आउनै बाँकी छन् । महत्वपुर्ण मध्येका यि दुई चाडपर्व पनि प्रखाई हुन् । चाडपर्वमा सबै भन्दा महत्वपुर्ण पक्ष भनेको खानेकुराको व्यवथापन नै हो । त्यसैले चाडपर्वमा धेरै खान नहुने राय चिकित्सकको रहेको छ । आफ्नो स्वास्थ्य अवस्थालाई मध्यनजर गरी खानु पर्ने उनीहरुको भनाई छ । सबै भन्दा महत्वपुर्ण त हामीले कस्तो खानेकुरा खाईरहेका छौ भन्ने हो । सरोकारवाला निकायद्धारा गरिने बजार अनुगमन उपभोक्ता मैत्री हुनु पर्ने हो । तर यहाँका सरोकारवालाले बारम्बार कर्मकाण्डी अनुगमन गर्ने प्रवृत्ति हटाउनु पर्छ । चाडपर्वको बेला अरुलाई देखाउनको लागि मात्रै गरिने यस्ता अनुगमनलाई सधै तिव्रता दिनु पर्ने हुन्छ ।

चाडपर्वमा बजारमा पाईने अखाद्य वस्तुको प्रयोग र सेवनका कारण विरामी परेका समाचार समेत आईरहेका छन् । त्यसैले व्यवसायीको पहिलो प्राथमिकता उपभोक्ता नै हुनु पर्ने हो तर त्यसो भएको पाईदैन । नत सरोकारवाला कै गम्भिरता देखिन्छ । अनुगमनका लागि अनुगमन भन्दा पनि राम्रालाई प्रोत्साहन र नराम्रो गर्नेलाई डण्डित गरिनु पर्छ । टालटुले अनुगमनका कारण उपभोक्ता सधै मारमा परिहेका छन् ।बजारमा कालो बजारी मौलाईरहेको छ । ठगी बढेको छ । चाडपर्वको बेला झन कृत्रिम अभाव सिर्जना गरी ठग्ने क्रम चल्ने गर्दछ । अझै महत्वपुर्ण चाडपर्व बाँकी नै छन् । ठूलो जनसंख्या रहेको तराई क्षेत्रमा झन यसको अवस्था झन नाजुक रहन्छ ।

कालो बजारी,ठगी आदीको अधिकारका पाएको स्थानीय सरकारले यस विषयमा गम्भिरताका साथमा सोच्नुको अर्को विकल्प छैन् । यस पटकको दसैँको पुर्व सन्ध्यामा गरिएका अनुगमन जस्तै यो अवधिमा पनि कडाईका साथ निरन्तरता दिनु पर्दछ । होईन भने उपभोक्ता आम नागरिकको चुल्होमा खाना होईन विषादी मात्रै पाक्ने छ । दसैँ होईन दशा बन्न सक्छ । तिहार र छठ केन्द्रीत अनुगमनलाई तिव्रता दिउँ । हाम्रो सबै भन्दा ठुलो धन भनेको हाम्रो स्वास्थ्य त हो । ध्यान दिउ । नागरिकको स्वास्थ्यमा लापरबाही नगरौ ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज २८ गते मंगलबार