कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ०२, मा ५० लाख लागतमा सुविधा सम्पन्न ईलेक्ट्रोनिक्स पसल सञ्चालनमा आएको छ । पसलको एक कार्यक्रमका बीच कोहलपुर उद्योण वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी र ईलेक्ट्रोनिक्स तथा मोबाईल एसोसियसनका अध्यक्ष रमणी प्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उक्त अवसरमा बोल्दै कोहलपुर उद्योण वाणिज्य संघका अध्यक्ष अधिकारीले आफ्नै परिश्रम र मेहनतले नयाँ यूवालाई रोजगारीको अवस्था सिर्जना गरेको बताए । सकारात्मक सोच र कडा मेहनतले मानिस सफल हुने उनले दाबी गरे ।
ईलेक्ट्रोनिक्स तथा मोबाईल एसोसियसनका अध्यक्ष शर्माले पनि व्यवसाय नाफामुखी मात्रै नभई सेवा मुखी हुनुपर्ने जोड दिए । पसलका सञ्चालक रामजी पौडेलले घर र पसल सञ्चालनको लागि १ करोड खर्च भएको बताए । उनले विगत १० वर्ष देखी कोहलपुर मै पौडेल विजुली भण्डार सञ्चालन गर्दै आएका
छन् । त्यसमा १० जनाले रोजगारी पाईरहेको उनले जानकारी दिए । नयाँ खोलेको ईलेक्ट्रोनिक्स पसलबाट समेत रोजगारी सिर्जना हुने उनको भनाई रहेको थियो ।
निकट भविष्य मै मर्मत सेन्टर समेत सञ्चालनको तयारी भईरहेको सञ्चालक पौडेलले जानकारी दिए । उनले यूवाहरु संघर्ष गर्ने ईच्छा शक्ति नभएका कारण विदेशिने गरेको दाबी गरे । ‘ईच्छा शक्ति हुने हो भने स्वदेश मै पैसा कमाउन सकिन्छ’ उनले भने, ‘संघर्ष गर्नको लागि विदेश जानु
पर्दैन् ।’
प्रतिक्रिया दिनुहोस्