16 July 2024  |   मङ्लबार, साउन १, २०८१

लागुऔषध नियन्त्रणका लागि प्रहरीसंग सहकार्य

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २७, २०७६  

नेपालगन्ज, २६ असोज
बाँकेको खजुरा गाउँपालिका वडा नं. २ सीतापुरमा रहेको सचेत यूवा मञ्च अराजकता र लागुऔषध विरुद्ध प्रहरीसंग सहकार्य गरेर अगाडी बढ्ने भएको छ । बृहत कार्य योजना बनाएर प्रहरीसंग सहकार्य गर्दै अगाडी बढ्ने भएको हो । सोही अभियान अन्तर्गत आईतबार सरोकारवालाहरुसंग बृहत अन्र्तक्रिया गरिएको छ ।

अन्र्तक्रियालाई सम्बोधन गर्दै बाँके क्षेत्र नं. ३ का सांसद नन्दलाल रोकायले अराजकता बढेको भन्दै यसलाई नियन्त्रण गर्न नसके व्यवस्था माथि खतरा हुने बताए । उनले समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि शान्तिको खोजी घरबाटै हुनु पर्नेमा जोड दिए । उनका अनुसार सुरक्षा निकायले गलत प्रभावमा नपरी राम्रो काम गरी जनताको साथी सरह बन्नका लागि काम गर्नु पर्छ ।

यूवा र प्रहरीको साझेदारीबाट गाउँपालिकामा शान्ति सु–व्यवस्था कायम हुनेमा आफु आशाबादी रहेको सांसद रोकायको भनाई छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले प्रहरी र नागरिक बीचको सहकार्यबाट कुनै पनि अपराध नियन्त्रण गर्न सकिने बताए ।

लागुऔषध नियन्त्रणका लागि स्थानीय स्तरबाट कसैले हस्तक्षेप नगर्ने प्रतिबद्धता आए १५ दिनभित्र खजुरा क्षेत्रबाट लागुऔषध नियन्त्रण गर्ने सिंहको दाबि छ । खजुरा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष देविलाल खनालले अराजकता र लागुऔषध नियन्त्रण गरी सभ्य समाज निर्माण गर्ने अठोटका साथ लागेको सचेत युवा मञ्चको साथमा वडा कार्यालय रहेको बताएका छन् ।

मञ्चका अध्यक्ष मनप्रकाश रेग्मीले प्रहरी संगको सहकार्यमा यूवाहरु यस्तो अभियान थालेको जानकारप् दिएका छन् । यही अभियान स्वरुप आइतवार मञ्चले राधापुर प्रहरी चौकी र खजुरा गाउँपालिका वडा नं. २ कार्यालयको सहकार्यमा शान्ति सुरक्षा कायम गर्न लागि सरोकारवालसंग बृहत अन्तरक्रिया गरेको छ

प्रकाशित मितिः सोमवार, अशोज २७, २०७६     6:19:14 PM  |