26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

कमला नदीको किनारमा सकेट बम भेटियो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज २७, २०७६  

सिरहा र धनुषाको बिचमा रहेको कमला नदीमा सकेट बम भेटिएको छ । सोमबार बिहान सिरहा करजन्हा नगरपालिका–३ स्थित कमला खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा बम भेटिएको हो ।

बम गिटी तथा बालुवा चाल्ने कामदारले गिटी चाल्ने क्रममा बम जस्तो बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चर्तुवेदीका अनुसार बम कसैले नराखी बाढीमा कतैबाट बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । बमलाई बन्दीपुर र मिर्चैया इलाका प्रहरी कार्यालयको टोलीले सुरक्षा दिइरहेको छ ।

बम डिस्पोजको लागि चोहरुवा सेरगन बम डिस्पोजल टोली घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।#atopati.com

प्रकाशित मितिः सोमवार, अशोज २७, २०७६     10:24:22 AM  |