ज्येष्ठ नागरिकलाई उपभोग्य सामग्री



बिनोद भट्टराई , कोहलपुर ।

२९ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा कोहलपुर वडा नम्बर १० मा दैनिक उपभोग्य सामग्री वितरण गरिएको छ । दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्दै वडाका जेष्ठ नागरिकलाई विभिन्न सामग्री वितरण गरिएको हो । एक कार्यक्रमका बीच कोहलपुर नगरपालिका उपप्रमुख सञ्जु कुमारी चौधरीले वडाका जेष्ठ नागरिकहरुलाई सामग्री वितरण गरिन् । उनले सबै भन्दा पहिले ९० बर्षिया ठग्गा थारुलाई सामग्री वितरण गरेकी थिईन् ।

कार्यक्रममा बोल्दै उपप्रमुख थारुले बिगतमा ज्येष्ठ नागरिकले गरेको योगदानका कारण अहिलेको अवस्था आएको भन्दै ज्येष्ठ नागरिकलाई माया ममता सहित सम्मानपुर्वक राख्नुपर्ने बताइन् । ज्येष्ठ नागरिकलाई नगरपालिकाले बिशेष ध्यान दिएको बताउदै यस बर्षदेखि सम्बन्धित वडा कार्यालयबाटनै बृद्व भत्ता बितरण गर्ने ब्यवस्था मिलाएको जानकारी दिइन् । कार्यक्रममा वडा न १० का वडा अध्यक्ष निरज चलाउनेले आफुले सधै ज्येष्ठ नागरिकलाई सम्मान गर्ने तथा सल्लाह सुझाव लिने गरेको स्पष्ट पारे ।

वडा अध्यक्ष चलाउनेले वडा भित्रका ज्येष्ठ नागरिक संग सल्लाह सुझाव लिन तथा उनिहरुको अवस्था बुझ्न ‘वडा अध्यक्ष संग ज्येष्ठ नागरिक कार्यक्रम’ संचालन गर्न लागेको जानकारी दिए । सो कार्यक्रम अन्तर्गत दशै पछाडी प्रत्येक टोेल टोलमा पुगेर ज्येष्ठ नागरिक संग भेटघाट गरी सल्लाह सुझाव लिने तथा समस्या बुझ्ने योजना रहेको उनको भनाई थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ असोज १५ गते बुधबार