23 July 2024  |   मङ्लबार, साउन ८, २०८१

लम्बियो ‘यामाहा एक्सचेन्ज अफर’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुरमा असोज ६ गते बाट शुरु भएको ‘यामाहा एक्सचेन्ज अफर’ असोज १७ गते सम्म संचालन हुने भएको छ । ग्राहकहरुको माग अनुसार अफरलाई जारी राखिने यामाहाको कोहलपुरका लागि आधिकारिक बिक्रेता श्रेष्ठ टे«ड हबले जनाएको छ । ‘यामाहा एक्सचेन्ज अफर’ संचालन गरिहेका श्रेष्ठ टे«ड हबका प्रोपाईटर प्रसन्न श्रेष्ठले महत्वपुर्ण चाड र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी १७ गते सम्म संचालन गरिने बताए । उनका अनुसार बाईक तथा स्कुटर किन्ने ग्राहकको निकै भिड लाग्ने गरेको छ ।

६ गते बाट संचालनमा आएको उक्त अफरमा अहिले सम्म १ करोड ३७ लाखको जम्मा कारोबार भएको छ । भने ५५ वटा बाईक र स्कुटर बिक्रि भएका छन् । उनले ३५ वटा यामाहा बाईक र २० वटा स्कुटरको कारोबार भएको जानकारी दिए । ग्राहकहरुको लागि विभिन्न खाले छुट र अफरहरुको व्यवस्था गरिएको छ । जस अन्तर्गत आयोजना गरिएको लक्की ड्रमा ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत टेक बहादुर पुन मगरले प्राप्त गरेका थिए ।

प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६     8:45:54 AM  |