नेपालगञ्ज ।
बाँकेमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यू भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । जिल्ला खजुरा गाउँपालिका वडा नम्बर ३ मा प्रदेश ३–२–००–११८५ नम्बरको मोटरसाइकल सडक छेउको पोलमा ठोक्किदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
दुर्घटनामा परेर मोटरसाइकलको पछाडि बसेका खजुरा गाउँपालिका ४ का २४ बर्षिय कमल थापाको घटनास्थलमा नै ज्यान गएको थियो । सोही ठाउँका मोटरसाइकल चालक २३ बर्षिय आशिष थापा गम्भिर घाईते भएको र उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तिव्र गतीका कारण मोटरसाइकल अनियन्त्रीत भएर सडक छेउको पोलमा ठोक्किएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रकाशित मिति : २०७६ असोज १३ गते सोमबार









प्रतिक्रिया दिनुहोस्