29 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

अज्ञात समुहद्धारा ‘कोहलपुरमा कृषि शाखा’मा चोरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका अन्तर्गत कोहलपुर नगर कृषि शाखामा तोडफोड गरी चोरी भएको छ ।

आईतबार राती अज्ञात समुहद्धारा शाखामा चोरीका साथै तोडफोड भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुले रातीको समयमा कार्यालयमा चोरी भएको जनाएको छ ।

कार्यालयका प्रमुख डियसपि हेम बहादुर शाहीका अनुसार शाखाका ढोकाहरु तोडफोड गरी नगद ४१ हजार ८ सय रुपैयाँ समेत चोरी भएको छ ।

यस्तै कार्यालयमा रहेका ४ वटा टेवुलको घर्रा, ४ वटा ढोका, ४ वटा ताला लगायतको भौतिक संरचना फोडेर चोरी गरिएको पाईएको उनले बताए ।

कार्यालयमा रहेका अन्य ईलेक्ट्रोनिक सामग्रीमा भने क्षेती नभएको उनको भनाई रहेको छ ।

उता कोहलपुर नगर कृषि शाखाका प्रमुख शेर बहादुर वलीले सरकारी कार्यालयमा चोरी हुनु हुनु गम्भिर विषय भएको बताएका छन् । दोषिलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउन उनको माग रहेको छ ।

प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६     2:25:38 PM  |