कोहलपुर।
नेपाल पत्रकार महासंघ बाँके शाखाका संस्थापक अध्यक्ष लियाकत अली माथि आक्रमण भएको छ । शनिबार राती अध्यक्ष अलि माथि अज्ञात समुहद्धारा आक्रमण तथा लुटपाट भएको हो ।
बाँके शाखाले सस्थापक अध्यक्ष अलि माथि भएको आक्रमण प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै पसलबाट घर जाने क्रममा भएको आक्रमण निन्दनीय भएको जनाईएको छ ।
सचिव तिलक गाउँलेद्धारा हस्ताक्षेरित विज्ञप्तिमा अलिलाई भौतिह आक्रमणका साथै मोबाईल समेत लुटिएको उल्लेख गरिएको छ । यस्तै अध्यक्ष माथि भएको आक्रमण र लुटपाटको घटनाले ‘बाँकेका सञ्चारकर्मी सुरक्षित नभएको र आम नागरिकहरु समेत पुर्ण रुपमा सुरक्षित हुन नसकेको हाम्रो ठहर छ ।’ विज्ञप्तिमा भनिएको छ ।
आक्रमणमा संलग्नहरुको तत्काल पहिचान गरि दोषीलाइ कडा भन्दा कडा कारबाही र जिल्लाका आम नागरिकहरु पुर्ण रुपमा सुरक्षित भएको प्रत्याभुत गराउनका लागि माग समेत महासंघले गरेको छ ।
साथै घाईते अबस्थामा रहनु भएका बरिष्ठ पत्रकार तथा सस्थापक अध्यक्ष लियाकत अलिको सिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्