8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

कोहलपुरमा बोइलरका चल्लालाई मेहन्दी लगाएर बिक्री

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज ५, २०७६  

कोहलपुर ।

बोइलर कुखुराका चल्लालाई कालो मेहन्दी लगाएर बेच्ने २ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । बोइलरको चल्लामा मेहन्दी दलेर स्थानीय जातको चल्ला भन्दै बेचिरहेका उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार सेतो चल्लालाई मेहन्दी लगाएर कालो बनाउँदै गरेको अवस्थामा भारत रामपुरका मोहम्मद नाजिर र सरिफ अली पक्राउ परेका हुन् । उनका अनुसार कालो मेहन्दी लगाउँदै गरेका र लगाइसकेका सहित करिब एक सयजति चल्ला बरामद गरिएको छ । पक्राउ परेका दुवै प्रहरीको हिरासतमा छन् ।

प्रकाशित मितिः आइतवार, अशोज ५, २०७६     8:15:05 AM  |