बाँसगढीमा काँग्रेसको जनजागरण अभियान जारी



बाँसगढी, बर्दिया ।

हिमाल, पहाड तराई, मधेश नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम बर्दियाको बाँसगढीमा जारी रहेको छ । नेपाली काँग्रेस प्रतिनिधी सभा क्षेत्र नम्बर १ प्रदेशसभा क समितीले दोस्रो चरणको कार्यक्रम जारी राखेको छ ।

प्रतिनिधी सभा क्षेत्र नम्बर १ प्रदेशसभा क का सभापति मानबहादुर ओलीले गत २४ गतेबाट सुरु भएको दोस्रो चरणको अभियान अन्तरर्गत शुक्रबारसम्म विभिन्न कार्यक्रमहरु भएको बताए । उनका अनुसार पहिलो दिन वृक्षारोपण, दोस्रो दिन काँग्रेसका रुष्ट स्थानीय नेतासँग भेटघाट, तेस्रो दिन नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, दलित संघ, सांस्कृतिक संघसँग अन्तरक्रिया, चौथो दिन शुक्रबार जनजाति र बुद्विजिविसँग अन्तरक्रिया गरिएको थियो ।

काँग्रेसका केन्द्रिय प्रतिनिधी शंकर गिरीको उपस्थितीमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन भइरहेको छ । सभापति ओलीका अनुसार कार्यक्रम प्रत्येक दिन आफ्नो निर्वाचन क्षेत्रभरी नै चल्नेछ । राष्ट्रिय जागरण अभियानको असोज ७ गते समापन हुने उनले जानकारी दिए । अभियान अन्तरर्गत आज शनिबार बाँसगढीमा रहेका द्वन्द्वपिडित तथा बृद्ववृद्वाहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २८ गते शनिबार