8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

कर्णालीमा बढे भाइरल ज्वरो र टाईफाइडका बिरामी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ २६, २०७६  

सुर्खेत ।

भाइरल ज्वरोका कारण कर्णाली प्रदेशका अधिकांश जिल्लाका नागरिकहरु प्रभावित भएका छन् । मौसम परिवर्तन हुने क्रममा भाइरल ज्वरो तथा टाईफाइड समस्याले प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख कालिकोट, जुम्ला लगायतका नागरिकलाई प्रभावित पारेको छ । कर्णाली प्रदेशको स्वास्थ्य निर्देशनालय सुर्खेतका अनुसार सबैजसो जिल्लाका कुनै न कुनै ठाउँमा भाइरल ज्वरो र टाईफाइडको समस्या देखिन्छ । भाइरल ज्वरो नियन्त्रणका लागि स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको प्रदेश सरकारले बताएको छ ।

यसैबीच, भाइरल ज्वरोकै कारण जाजरकोट बारेकोट गाउँपालिका ६ टाँसीधुमा घर भई सदरमुकाम खलंगा थाप्लेमा बस्दै आएकी १४ वर्षीया आशाविकको मृत्यु भएको छ । ज्वरो आउने, घाँटी, टाउको र हातखुट्टा दुख्ने र अन्तयमा टाईफइड लगायत समस्या देखिएपछि उनिजिल्ला अस्पतालमा हप्ताअघि भर्ना भएकी बालिकाको मंगलबार मृत्यु भएको हो । एक सातासम्म पनिउ नको अवस्थामा सुधार नआएपछि अस्पतालले नेपालगञ्ज रेफर गरेको थियो । उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको आफन्तले बताए ।

केही दिनयता अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढेका स्वास्थ्यकर्मीले बताएका छन् । अस्पतालमा दैनिक डेढ हजार बिरामी आउने गरेकोमा आधा बिरामी भाइरल ज्वरोका आउने गरेको स्वास्थ्य निर्देशनालयले बताएको छ । बिरामी बढेको तर औषधिको स्टक सकिन थालेकाले समस्या हुन थालेको र प्रदेश सरकार सामाजिक मन्त्रालय मार्फत माग गरेको बताइएको छ ।

प्रकाशित मितिः बिहिबार, भदौ २६, २०७६     10:18:51 AM  |