छाडा पशु–चौपायाको घाँटीमा ‘रिफ्लेक्टिभ पेपर’



सुदीप अधिकारी । बर्दिया ।

यहाँ सडकमा रहेका छाडा पशु चौपायाका घाँटीमा रिफ्लेक्टिभ पेपर अर्थात चम्किने कागज लगाइएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने भुरिगाउँ बजार क्षेत्रमा रहेका छाडा पशु चौपायाका घाँटीमा रिफ्लेक्टिभ पेपर लगाएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । छाडा चौपायाका कारण ठाउँठाउँमा सडक दुर्घटना बढन थालेका छन् । दिउँसो भन्दा रातीको समयमा पशु चौपायाका कारण दुर्घटना हुने जोखिम बढि हुने गरेको छ । रातीको समयमा राजमार्गमा पशु चौपायाका कारण हुन सक्ने दुर्घटनालाई न्यूनिकरण गर्न चौपायाका घाँटीमा रिफ्लेक्टिभ पेपर लगाउने उपाय अपनाइएको प्रहरीले बताएको छ ।

सवारी साधनको लाईट पर्नासाथ चौपायाको घाटीमा लगाइएको रिफ्लेक्टिभ पेपर चम्किले गर्छ । जसबाट सवारी चालकलाई सजगता अपनाउँन सजिलो । हुन्छ । अनी दुर्घटनाबाट जोगीन सकिन्छ । छाडा पशु चौपायाका कारण राजमार्गमा दुर्घटना हुन सक्ने सम्भावना बढ्न थालेपछि विकास प्रेमी युवा समूह भुरिगाउँ, कम्प्युटर एशोसिएसन बर्दिया, इलाका प्रहरी कार्यालय भुरिगाउँ र अस्थायी ट्राफिक पोष्ट भुरिगाउँको सहकार्यमा छाडा पशु चौपायाको घाँटीमा रिफ्लेक्टिभ पेपर लगाउँने अभियान सुरु गरिएको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बसन्त पाण्डेले यो अभियानबाट रातीमा पशु चौपायाका कारण हुन सक्ने सडक दुर्घटना रोक्नका लागि सहयोग पुग्ने बताए । दिउँसोपख पशु चौपाया आहारा खोज्दै अन्यत्र गएपनि साझ पर्नासाथ राजमार्गमा आएर उभिने, बाटो छेकेर त्यही बस्ने गर्छन् । यसले गर्दा सवारी दुर्घटना हुने सम्भावना बढी हुने गरेको छ । पशु चौपायाकै कारण दुर्घटना नहोस् भनेर उनीहरुको घाँटीमा रिफ्लेक्टिभ पेपर लगाइएको विकास प्रेमी युवा समूहका अध्यक्ष गोपाल निरौलाले बताए । उनले भने, ‘रातीको समयमा पशु चौपायका कारण राजमार्गमा जोखिम हुन्छ ।

घाँटीमा रिफ्लेक्टिभ पेपर लगाइ दिँदा यो टाढैबाट चम्किन्छ । जसले सवारी चालकलाई सहज बनाउँछ । अनी दुर्घटनाको जोखिम पनी घट्छ ।’ बजार तथा राजमार्ग क्षेत्रमा रहेका सबै छाडा पशु चौपायाको घाँटीमा रिफ्लेक्टिभ पेपर लगाइने बताइएको छ । छाडा पशु चौपायाको घाँटीमा रिफ्लेक्टिभ पेपर लगाइएको यो पहिलो पटक हो । यो कामबाट बजार क्षेत्रमा पशु चौपायाबाट हुने सडक दुर्घटनामा कमी आउने स्थानीयबासीको भनाई
छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २५ गते बुधबार