कोहलपुर ।
नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्र फ्रि वाइफाई जोन बनेको छ । वितरण केन्द्रमा आउने सेवाग्राहीलाई लक्षित गरेर कार्यालयले फ्रि वाइफाई जोन सुचारु गरेको हो ।
महसुल बुझाउन आउने सेवा ग्राहकहरुलाई आफ्नो पालो कुर्नुपर्ने अवस्था आउने भएकाले सञ्चारसँग जोड्नको लागि सोमबारबाट आय काउण्टरमा फ्रि वाइफाई जोन सुचारु गरिएको वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिए । अहिलेलाई कार्यालयको आय काउण्टर क्षेत्रमा यो सेवा सुरु गरिएको छ ।
निशुल्क वाइफाई सुविधा अधिकतम् १ घण्टा ३० मिनेटसम्म सेवाग्राहीहरुले प्रयोग गर्न पाउनेछन् । इन्टरनेट प्रदायक संस्था वल्र्डलिङ्कसँग सम्झौता गरेर आगामी ५ वर्षका सेवा सुचारुका लागि एकमुष्ट शुल्कपनि बुझाइसकिएको वितरण केन्द्रले जनाएको छ ।
पछिल्लो समयमा इन्टरनेट हात–हातमा पुगीसकेको र अपरिहार्य बनीसकेकोले कार्यालयमा महसुल बुझाउन आउने आफ्ना ग्राहकहरुलाई सुविधा दिनको लागि सेवा सञ्चालन ल्याइएको कार्यालयले बताएको छ ।









प्रतिक्रिया दिनुहोस्