कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ०२ मा रहेको सिद्दी विनायक ग्रामीण सामुदायिक बन उपभोक्ता समुहको अध्यक्ष यज्ञ महरा निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट वामपन्थी प्यानलका शान्ता मरासनीलाई हराउँदै लोकतान्त्रिक प्यानलका महरा भारी मतले निर्वाचित भएका हुन् । महराले ८५ मत ल्याउँदै विजयी हुँदा मरासनीले ५४ मत प्राप्त गरे ।
सामुदायिक बन उपभोक्ता समुहको निर्वाचनमा काँग्रेस निकट लोकतान्त्रिक प्यानल नै विजयी हुन सफल भयो भने नेकपा निकट बामपन्थी प्यानलले नराम्रोगरी हार व्यहोर्नुप¥यो । १ सय ५१ जना मतदाता रहेकोमा १ सय ४२ मत खसेको थियो । त्यसैगरी समुहको उपाध्यक्षमा झगु ओली (७७), सचिवमा निर्मला विष्ट (७६), सहसचिवमा यामु सिंहले (७७) मत ल्याएर विजयी भए भने कोषाध्यक्षमा युवराज पोखरेल निर्विरोध निर्वाचित भएका थिए ।
समुहको सदस्यहरुमा हरी बहादुर श्रेष्ठ, सत्यदेव पौडेल, हरि ओली, भिम थापा, जनदेवी शाही, बागमती विक, चमेली चौधरी र चम्पादेवी सुनार विजयी भएका छन् । विजयी पदाधिकारी तथा सदस्यहरुले शनिबार नै सपथ ग्रहण गरेका थिए ।
उनीहरुलाई निर्वाचन अधिकृत लालबहादुर रानाले पद तथा गोपिनीयताको सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष महराले सबैलाई समेटेर अगाडि बढ्ने बताए । ‘यो सामुदायिक वन पर्यटकिय हव बन्न सक्छ’ उनले भने, ‘सञ्चालनमा रहेका योजनालाई अगाडि बढाइने छ भने नयाँ कामहरु समेत सुरु
गर्नेछौं ।’ नवनिर्वाचित अध्यक्ष महरा यसअघि समुहको कोषाध्यक्ष पदमा रहेका थिए ।









प्रतिक्रिया दिनुहोस्