यातायात भाडामा छुट नपाएको जेष्ठ नागरिकको गुनासो



बर्दिया ।

बर्दियाका जेष्ठ नागरिकहरुले सार्वजनिक यातायात प्रयोग गर्दा छुट नपाएको गुनासो गरेका छन् । सामुदायिक प्रहरी सेवा केन्द्र बर्दियाले जेष्ठ नागरीकसँग गरेको अन्तरक्रिया बोल्ने उनीहरुले उक्त कुरा बताएका हुन् । जेष्ठ नागरिक टुकराज घिमिरेले आफुहरु सबैतिरबाट हेपिने गरेको बताए ।

‘हाम्रा सेवा सुविधा कितावमा मात्र लेखिएको छ’ उनले भने, ‘कार्यान्वयनमा कसैले चासो देखाउँदैनन् बृद्ध भनेर त हेला गरेका होलान् नी ।’ जेष्ठ नागरीकहरुले सार्वजनिक सवारी साधनमा सरकारबाट प्राप्त सुबिधाको भाडामा ५० प्रतिशत छुटको सुविधा नपाएको घिमिरेले गुनासो गरे ।

‘सरकारले सार्वजनिक सवारी साधनमा जेष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरेको छ’ उनले भने, ‘तर हामीले सवारी साधनमा चढ्दा कहिल्यै छुट पाउँदैनौं ।’ कार्यक्रममा जेष्ठ नागरिकहरुले बिभिन्न स्थानमा बेवारिसे रुपमा जेष्ठ नागरिकहरु रहेका भन्दै उनीहरुको खोजि गरी पुनःस्थापनामा प्रहरीले बिशेष पहल गरिदिनुपर्ने बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जेष्ठ नागरिकका समस्याहरु समाधान गर्न लागिपर्ने प्रतिबद्वता जनाएका थिए । उनले एक हप्ताभित्रै सार्वजनिक यातायातमा छुटको व्यवस्था कार्यान्वयन गर्नेमा जोड दिए । उनले कुनै समस्या भएर जेष्ठ नागरिकलाई नजिकैको प्रहरी कार्यालय वा १०० सयमा फोन गर्न आग्रह गरे ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २२ गते आइतबार