8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

उद्धार गर्दागर्दै जन्मियो बच्चा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६  

जाजरकोट ।

जाजरकोटमा सुत्केरी हुँन नसेकेर समस्यमा परेकी एक महिलाको हेलिकोप्टरमार्फत उद्धार गर्दागर्दै बच्चा जन्मिएको छ । तोकिएको मितिभन्दा झण्डै ७ दिन म्याद नाग्दासम्म सुत्केरी हुँन नसकेकोपछि जाजरकोटकी कुशे गाउँपालिका, १ धाउनीकी २५ वर्षीय संगीता सिंह (शाही)लाई उद्धार गर्न हेलिकोप्टरमा राखेलगत्तै छोराको जन्म भएको हो ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयअन्तरर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाइको आर्थिक सहयोगमा हेलिकोप्टरबाट उद्धार गरिएको वडा नं १ अध्यक्ष गोपाल नेपालीले बताए । भदौ १६ गते सुत्केरी व्यथा लागेपछि टालेगाउँ स्वास्थ्य चौकीमा ल्याइएको र त्यहाँ उपचार सम्भव नभएपछि परिवारका सदस्यले भदौमा १७ गते पजारु स्वास्थ्य चौकीमा पु¥याएका थिए ।

त्यहाँ पनि उपचार सम्भव नभएपछि बिहीबार कुशे गाउँपालिका –१ गोर्जाचौरमा बोकेर ल्याई हेलिकोप्टरमार्फत सुर्खेत पठाउने तयारी हुँदाहुँदै बच्चा जन्मिएको थियो । बच्चा जन्मिए पनि आमाको अवस्था गम्भीर रहेको छ । आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाका अनुसार संगीतालाई अत्यधिक रक्तश्रव भइरहेको छ । स्रोत, साधनको अभावका साथै दक्ष जनशक्तिको अभावमा जाजरकोटका दुर्गमका सुत्केर र गर्भवती महिला अकालमै मृत्यु हुने गरेको छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ २०, २०७६     10:25:09 AM  |