आधाभुत स्वास्थ्य केन्द्र सञ्चालन



कोहलपुर ।

बाँकेको कोहलपुर वडा नं. ८ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । सेवा केन्द्रको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले बिहीबार उद्घाटन गरे । स्थानीयहरुलाई सहज र सरल रुपमा औधषी उपचार पु¥याउने उद्देश्यले आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको कोहलपुर नगरपालिकाले जनाएको छ । नगर प्रमुख रावतले स्थानीय रुपमा रहेका मानिसहरुलाई आधारभुत स्वास्थ्य सेवाको प्रत्याभुत गराउने बताए ।

‘अब बृद्धाबृद्ध तथा जेष्ठ नागरिकले स्वास्थ्य सेवा लिन सहज र सरल हुनेछ ।’ उनले भने,‘ नजिकका क्लिनीक धाउनुपर्ने र धेरै पैसा तिर्नुपर्ने लगायतका समस्याबाट मुक्त गरी स्वास्थ्य सेवा प्रवाह गराउने व्यवस्था मिलाइएको छ ।’ गरिब, निम्न वर्ग, एकल महिलाका परिवारलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउने लक्ष्य रहेको उनले बताए । कोहलपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष रेशम बहादुर खत्रीले स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय गराउनेमा जोड दिए ।

‘सरकारी स्वास्थ्य सेवामा जनताहरुको विश्वास र भरोसामा कम हुँदै गएको छ’ उनले भने, ‘स्वास्थ सेवाहरु सबै निःशुल्क रहेको छ । स्वास्थ्य केन्द्रमा १ पैसा पनि तिर्नुपर्ने छैन् र स्वास्थ्य केन्द्रमा आकस्मीक सेवाहरु पनि राखिनेछ ।’ आधारभूत स्वास्थ सेवा केन्द्रका प्रमुख जिवन देवकोटाले सबै जनताहरुलाई छिटो र छरितो ढङ्गबाट सेवा प्रवाह गरिने बताए ।

विरामीहरुको घर घरमा गएर पनि स्वास्थ्य सेवा दिने समेत उनले प्रतिबद्धता जनाए । संघिय सरकारले एक वडा एक न्यूनत्म आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने निती अगाडि सारेको छ । सोही निती अनुसार स्वास्थ्य केन्द्र नभएका वडाहरुमा धमाधम आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २० गते शुक्रबार