
कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता नेपाली काँगे्रेसका प्रदेश सभा सदस्य जीवन बहादुर शाही एक महोत्सवको उद्घाटन समारोह बाटै बाहिरिएका छन् । जुम्लामा बुधबारबाट शुरु भएको प्रादेशिक कृषि, पर्यटन, साँस्कृतिक तथा औद्योगिक व्यापार महोत्सवको सद्घाटन सत्रबाट उनीहरु बाहरिएका हुन् ।
पुर्व मन्त्री समेत रहेका शाही आसन ग्रहणको क्रममा मर्यादाक्रममा अपमान भएको भन्दै मञ्च बाटै बाहिरिएका हुन् । महोत्सवमा सहभागिह अथितिहरुको आसन ग्रहणको क्रममा उनलाई प्रमुख अथिति पछि चौथो स्थानमा राखिएको थियो । उद्घाटन समारोहमा कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही पनि सहभागि भएका थिए।
उनी महोत्सव उद्घाटन समारोहका प्रमुख अथिति समेत रहेका छन् । त्यसपछि कानुन मन्त्री नरेश भण्डारी,पर्यटन मन्त्री नन्दसिंह बुढा पनि विशिष्ट अथितिको रुपमा सहभागि थिए । आसन ग्रहणको क्रममा पुर्व संविधानका सदस्य डिल्ली काफ्ले पछि शाहीलाई आसन ग्रहण गरिएको थियो । तर उनले मर्यादाक्रममा असन्तुष्टि जनाए ।
उद्घाटन समारोहको सेडुलमा समेत उनलाई निकै पछि राखिएको छ । उद्घाटन सत्रको आसन ग्रहण चलिरहेकै अवस्थामा उनी मञ्जबाट बाहिरिए । त्यस लगत्तै उद्घोषकले मर्यादाक्रम तलमाथि परेको भन्दै मागिन् ।
स्वागत मन्तव्य राख्ने वक्ता पनि मागि मागे । त्यसको काँग्रेस निकट कार्यकर्ताले समेत विरोध जनाएका थिए । पछि सद्घाटन सत्रका सफापति तथा जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रज्जब अलि मनिहारले समेत मर्यादाक्रममा गल्ति भएको भन्दै सभामा आउन सार्वजनिक रुपमै आग्रह गरेका थिए । तर उनी फेरी मञ्चमा फर्केनन् ।
महोत्सव उद्घाटन सिँगो मन्त्री मण्डल जुम्लामा
नीजि क्षेत्रको आयोजना गरिएको व्यापारिक महोत्सवमा कर्णाली प्रदेश सरकारको मन्त्री मण्डल नै सहभागि भएको छ । १० दिन सम्म संचालन हुने उक्त महोत्सवमा कर्णालीका दुई तिहाई मन्त्री सहभागि भएका हुन् । जुम्लामा बुधबारबाट शुरु भएको प्रादेशिक कृषि, पर्यटन, साँस्कृतिक तथा औद्योगिक व्यापार महोत्सवको सद्घाटन मन्त्री सहित अन्य सदस्यहरु समेत रहेका छन् ।
उद्घाटन सत्रको प्रमुख आथित्यताका लागि मुख्यमन्त्री महेन्द्र बहादुर शाही सहभागि छन् । भौतिक पुर्वाधार विकास मन्त्रालयको समेत जिम्मेबारी सम्हालेका शाही संगै आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागि थिए ।
यस्तै कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता नेपाली काँगे्रेसका प्रदेश सभा सदस्य जीवन बहादुर शाही र सांसद दिलबन्धु श्रेष्ठ सहभागि छन् । यस्तै उद्घाटन सत्रमा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले जुम्ला अर्गानिक उद्पादनको उर्वर भुमि भएको बताए ।उनका अनुसार कर्णालीको आन्तरिक उद्पादनको बजारीकरणमा ध्यान दिनु पर्ने बताईएको छ ।









प्रतिक्रिया दिनुहोस्